सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो

सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो : Icon Khabar

काठमाडौँ, चैत ६ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ घटेको छ। बिहीबार प्रतितोला पाँच हजार चार सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला पाँच हजार १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला चार हजार आठ सय ९५ कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Published Date: 20 March 2026




ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २१ गते सोमबार
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य
विद्या आर्जन इङ्गलिश बोर्डिङ्ग स्कूल: गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको आधार
सन् २०२६ को अप्रिलमा नेपाल भित्रिए एक लाख ७ हजारभन्दा बढी पर्यटक










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न