नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने : Icon Khabar

काठमाडौं, चैत ६ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सूचना जारी गरी यो जानकारी दिएको हो ।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्ष सिंहदरबारमा हुनेछ ।

शपथ ग्रहणमा आउँदा निर्धारित समयभन्दा दुई घण्टा अगावै आउन भनिएको छ ।

शपथ ग्रहणमा आउँदा सांसदहरुले केही कागजपत्रसमेत ल्याउनुपर्ने छ । सचिवालयले जारी गरेको सूचनामा लेखिएअनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको भनेर दिएको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपी) र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति ल्याउनुपर्ने छ ।

शपथ ग्रहणमा आउँदा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन संसद सचिवालयले भनेको छ ।

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनेले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रम भन्दा तीन दिन अघि नै संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।, चैत ५

Published Date: 20 March 2026




ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २१ गते सोमबार
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य
विद्या आर्जन इङ्गलिश बोर्डिङ्ग स्कूल: गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको आधार
सन् २०२६ को अप्रिलमा नेपाल भित्रिए एक लाख ७ हजारभन्दा बढी पर्यटक










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न