बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौं, चैत ५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा, स्विस फ्र्यांक एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११६ रुपैयाँ २४ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४० रुपैयाँ ६३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९१ पैसा र बिक्रीदर १० रुपैयाँ ९५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ७७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

Published Date: 19 March 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै