मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत ३ । साताको तेस्रो दिन मंगलबार सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से १३.५१ अंकले बढेर २ हजार ८१२.३४ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३४० कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १३२ कम्पनीका सेयरमूल्य बढेका छन् भने ११३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज सेयरबजारमा ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा ०.५० प्रतिशतको वृद्धि हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, लगानी, उत्पादनशील तथा प्रसोधन र म्युचुअल फण्ड समूहको परिसूचक सकारात्मक रहेका छन् ।

सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक १.५९ प्रतिशतले बढेको छ । यस्तै, वित्त, होटेल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, अन्य तथा व्यापार समूहको परिसूचकमा भने गिरावट आएको छ । रिलायन्स् स्पिनिङ मिल्स्, सोलु हाइड्रोपावर लिमिटेड तथा सालपा विकास बैंकका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने एनआईसी एसिया ग्रोथ फण्ड, ग्लोवल आइएमई समुन्नत योजना तथा सनराईज फस्ट म्युचुअल फण्डका लगानीकर्ता रहेका छन् ।

Published Date: 17 March 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै