नेपालको सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड रूपैयाँ पुग्यो

नेपालको सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड रूपैयाँ पुग्यो : Icon Khabar
तस्बिर: न्यू विजनेस एज

काठमाडौं, चैत ३ । चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिना अर्थात् फागुन मसान्तसम्म नेपालको सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड रूपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार यो रकम जीडीपीको तुलनामा ४७.१३ प्रतिशत हो।

आवको सुरुमा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सार्वजनिक ऋण आठौं महिनासम्म २ खर्ब ४ अर्ब २४ करोड थपिएर २९ खर्ब पुग्न लागेको हो । विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारणमात्रै बाह्य ऋणमा ९७ अर्ब ९८ करोडको दायित्व बढेको छ ।

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब ११ करोड पुगेको छ भने वैदेशिक ऋण १५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ छ ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड रूपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । फागुनसम्म कुल लक्ष्यको ५०.४४ प्रतिशत अर्थात् ३ खर्ब ४६ करोड ७२ लाख ऋण उठाइएको छ ।

सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको सेवा शुल्क (साँवा र ब्याज भुक्तानी) का लागि ४ खर्ब ११ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ । फागुनसम्ममा २ खर्ब ४२ अर्ब २६ करोड रूपैयाँ भुक्तानी गरिएको छ ।

यो अवधिमा आन्तरिक र बाह्य गरी १ खर्ब ९४ अर्ब १९ करोड रूपैयाँ साँवा भुक्तानी गरिएको छ । यस्तै, दुवैतर्फ गरी ४८ अर्ब ६ करोड रूपैयाँ ब्याज भुक्तानी भएको छ ।

Published Date: 17 March 2026


ताजा
‘गौँथली’ : चर्चाभन्दा कमजोर कथा र पुरानै शैलीको प्रस्तुति
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न