शिखर पावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न

शिखर पावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न : Icon Khabar

काठमाडौँ, चैत ३ । शिखर पावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । जसमा ३६ हजार ५०० जनाको ४ लाख २२ हजार २०० कित्ता सेयरमा परेको आवेदन बदर भएको छ ।

कुल परेको आवेदनमध्ये २६ लाख ५० हजार ८४७ जनाको आवेदन अर्थात् २ करोड ८३ लाख ९४ हजार ७९० कित्ताका लागि परेको आवेदन सदर भएको छ ।

कुल सदर आवेदनमध्ये १० कित्ताका दरले १ लाख ८४ हजार २६० जनाले मात्रै सेयर प्राप्त गरेका छन्, भने बाँकी २४ लाख ६६ हजार ५८७ जनाको हात खाली भएको छ ।

Published Date: 17 March 2026


ताजा
‘गौँथली’ : चर्चाभन्दा कमजोर कथा र पुरानै शैलीको प्रस्तुति
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न