जय ट्रफी – आर्मी र पुलिस फाइनल खेल्दै

जय ट्रफी – आर्मी र पुलिस फाइनल खेल्दै : Icon Khabar

काठमाडौं, चैत ३ । जय ट्रफी इलियट कप आज सुरु हुँदैछ। दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित टियु रंगशालामा खेल बिहान ९:३० बजे सुरु हुनेछ। फाइनल ३ दिवसीय हुनेछ। लिग राउन्ड २ दिवसीय भएको थियो।

संसदीय निर्वाचनअघि राउन्ड रोबिन लिग सकिएको थियो।‌ ४ टोली सहभागी हुन ट्रफीमा आर्मी ६६ अंकसहित शीर्ष र ६५.५ अंकका साथ पुलिस दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए।

लिगका ३ खेलमा आर्मीले १ खेलमा जित र २ मा बराबरी खेलेको थियो। २ खेल जितेको पुलिसले १ खेल हारेको थियो। लिगमा एपिएफ तेस्रो र बागमती प्रदेश चौथो भएको थियो।

Published Date: 17 March 2026


ताजा
‘गौँथली’ : चर्चाभन्दा कमजोर कथा र पुरानै शैलीको प्रस्तुति
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न