वर्षा गराउने प्रणाली पूर्वतर्फ सरिरहेका कारण काठमाडौँमा पानी पर्ने सम्भावना

वर्षा गराउने प्रणाली पूर्वतर्फ सरिरहेका कारण काठमाडौँमा पानी पर्ने सम्भावना : Icon Khabar

काठमाडौं, चैत १ । वर्षा गराउने मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बाजुरा, बझाङ, डडेलधुरा, डोटी, अछाम लगायत भू-भागमा वर्षा भइरहेको छ। पाल्पा, गुल्मी, अर्घाखाँची सहित पहाडी जिल्लाहरूमा पनि वर्षा भइरहेको महाशाखाको भनाइ छ।

वर्षा गराउने प्रणाली पूर्वतर्फ सरिरहेका कारण अन्य क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । काठमाडौं उपत्यकामा पनि आकाश धुम्मिएको छ र मेघ गर्जन गरिरहेको छ । साथै हावाहुरी समेत चलिरहेको छ।

उपत्यकामा मध्याह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यो प्रणाली मंगलबारसम्म सक्रिय हुने बताइएको छ।

Published Date: 15 March 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु