चालु आर्थिक वर्षको फागुनसम्म ७ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व संकलन

चालु आर्थिक वर्षको फागुनसम्म ७ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व संकलन : Icon Khabar

काठमाडौं, चैत १ । चालु आर्थिक वर्ष २०८२-८३ को फागुनसम्म ७ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।

फागुनसम्म ९ खर्ब १० अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८२.६० प्रतिशत संकलन भएको हो।

यो वर्षको वार्षिक राजस्व लक्ष्य भने १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ। फागुन महिनामा भने ८२ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

अघिल्लो आर्थिक वर्षको फागुनसम्म ७ खर्ब २९ खर्ब रुपैयाँ संकलन भएको थियो। चालु आर्थिक वर्षमा लक्ष्य बढाइएको भए पनि त्यसअनुसार संकलन हुन सकेको छैन।

अर्थ मन्त्रालयका अनुसार यो अवधिमा भन्सार महशुल १ खर्ब ५५ अर्ब रुपैयाँ संकलन भएको छ। मूल्य अभिवृद्धि कर २ खर्ब २५ अर्ब, अन्त:शुल्क १ खर्ब २० अर्ब र आयकर १ खर्ब ७० अर्ब संकलन भएको छ।

Published Date: 15 March 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु