आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो

आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, चैत १ । आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको भाउ तोलामा २२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५२७० रुपैयाँमा झरेको छ । यसअघि गत माघ १५ गते चाँदीको भाउ हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।

Published Date: 15 March 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु