रियल म्याड्रिडको ४–१ को शानदार जित

रियल म्याड्रिडको ४–१ को शानदार जित : Icon Khabar

काठमाडौं, चैत १ ।  टर्कीका अर्दा गुलरले मैदानको मध्यभागबाट शानदार गोल गरेको खेलमा रियल म्याड्रिडले एल्चेलाई ४–१ ले हराएको छ। यो जितसँगै रियल ला लिगाको शीर्ष टोली बार्सिलोनाभन्दा १ अंकले मात्र पछि रहेको छ। यद्दपी बार्सिलोनाले १ खेल कम खेलेको छ।

खेलको ३९ औं मिनेटमा रियलका लागि एन्टोनियो रुडिगरले पहिलो गोल गरे। त्यसको ५ मिनेटपछि फेडेरिको भाल्भेर्डेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

६६ औं मिनेटमा डिन हुइसेनले हेडरमार्फत तेस्रो गोल गरे। ८५ औं मिनेटमा रियलका मानुएल एन्जेलले आत्मघाती गोल गर्दा एल्चेका लागि सान्त्वना मात्र बन्यो।

खेलको सबैभन्दा आकर्षक गोल भने गुलरको रह्यो। ८९ औं मिनेटमा उनले करिब मध्यरेखाबाटै बल चिप गर्दै गोलकिपर माथियास दितुरोलाई छक्याएर गोल गरे।
रियलका प्रशिक्षक अल्भारो आर्बेलोआले गुलरको गोललाई असाधारण र अविस्मरणीय भन्दै प्रशंसा गरे।

यसअघि च्याम्पियन्स लिगमा भाल्भेर्डेको ह्याट्रिकमा रियलले म्यानचेस्टर सिटीलाई ३–० ले हराएको थियो। जितसँगै रियल दोस्रो स्थानमा छ । लगातार ११ खेलमा जित निकाल्न नसकेको एल्चे तालिकाको १७औँ स्थानमा छ।

Published Date: 15 March 2026






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न