दोस्रो भक्तपुर कप–२०७९ को सेमीफाइनलमा आयोजक टीम र केदारनाथ सुटर्स प्रवेश

दोस्रो भक्तपुर कप–२०७९ को सेमीफाइनलमा आयोजक टीम र केदारनाथ सुटर्स प्रवेश : Icon Khabar

भक्तपुर, फागुन ९ । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको मङ्गलबार सम्पन्न दुई क्वाटर फाइनल खेलबाट आयोजक भक्तपुर युवा टीम र केदारनाथ सुटर्स सेमीफाइनल चरणमा प्रवेश गर्न सफल भएका छन् ।

मंगलबार भएको आयोजक भक्तपुर युवा टीम र सूर्यविनायक नगरपालिकाबीचको पहिलो क्वाटरफाइनल खेलमा भक्तपुर युवा टीमले सूर्यविनायक नगरपालिकालाई ६–० गोलले पराजित गरी सेमीफाइनलको यात्रा तय गरेको हो । खेलबाट भक्तपुर युवा टीमका जर्सी नम्बर ९ का विनय खायमली उदयीमान खेलाडी घोषित भए भने भक्तपुर युवा टीमकै जर्सी नम्बर १७ का विक्रान्त नरसिंह राना उत्कृष्ट खेलाडी घोषित भए ।

Bhaktapur Football Club

त्यस्तै मंगलबारनै केदारनाथ सुटर्स र हेल्दी फुटसलबीच भएको दोस्रो क्वाटरफाइनल खेलमा केदारनाथ सुटर्सले हेल्दी फुटसललाई १–० ले पराजित गरी सेमीफाइनलको यात्रा तय गरेको छ । खेलबाट केदारनाथ सुटर्सका सनिश श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् भने हेल्दी फुटसलका जिन्लप तामाङ उदयीमान खेलाडी घोषित भएका छन् ।

Bhaktapur Football Club

क्वाटरफाइनलको बाँकी दुई खेल बुधबार खेलाइने छ । जसअनुसार द हिलिङ एफसी र बनेपा ब्वाइजबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल सीओबी युथ क्लब र गोदावरी एफसीबीच हुनेछ । त्यस्तै प्रतियोगिताको सेमिफाइनलका खेलहरू फागुन ११ गते विहीबार खेलाइने जानकारी टीम कमिशनर अनिल सुकुपायोले दिए।

Published Date: 21 February 2023






ताजा
धरौटीले होइन, नियमनले बचाउँछ विद्यार्थी: शैक्षिक परामर्श व्यवसायीहरूको चेतावनी
शुक्रबार सुनको मूल्यमा गिरावट
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न