दोस्रो भक्तपुर कप–२०७९ को सेमीफाइनलमा आयोजक टीम र केदारनाथ सुटर्स प्रवेश

दोस्रो भक्तपुर कप–२०७९ को सेमीफाइनलमा आयोजक टीम र केदारनाथ सुटर्स प्रवेश : Icon Khabar

भक्तपुर, फागुन ९ । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको मङ्गलबार सम्पन्न दुई क्वाटर फाइनल खेलबाट आयोजक भक्तपुर युवा टीम र केदारनाथ सुटर्स सेमीफाइनल चरणमा प्रवेश गर्न सफल भएका छन् ।

मंगलबार भएको आयोजक भक्तपुर युवा टीम र सूर्यविनायक नगरपालिकाबीचको पहिलो क्वाटरफाइनल खेलमा भक्तपुर युवा टीमले सूर्यविनायक नगरपालिकालाई ६–० गोलले पराजित गरी सेमीफाइनलको यात्रा तय गरेको हो । खेलबाट भक्तपुर युवा टीमका जर्सी नम्बर ९ का विनय खायमली उदयीमान खेलाडी घोषित भए भने भक्तपुर युवा टीमकै जर्सी नम्बर १७ का विक्रान्त नरसिंह राना उत्कृष्ट खेलाडी घोषित भए ।

Bhaktapur Football Club

त्यस्तै मंगलबारनै केदारनाथ सुटर्स र हेल्दी फुटसलबीच भएको दोस्रो क्वाटरफाइनल खेलमा केदारनाथ सुटर्सले हेल्दी फुटसललाई १–० ले पराजित गरी सेमीफाइनलको यात्रा तय गरेको छ । खेलबाट केदारनाथ सुटर्सका सनिश श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् भने हेल्दी फुटसलका जिन्लप तामाङ उदयीमान खेलाडी घोषित भएका छन् ।

Bhaktapur Football Club

क्वाटरफाइनलको बाँकी दुई खेल बुधबार खेलाइने छ । जसअनुसार द हिलिङ एफसी र बनेपा ब्वाइजबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल सीओबी युथ क्लब र गोदावरी एफसीबीच हुनेछ । त्यस्तै प्रतियोगिताको सेमिफाइनलका खेलहरू फागुन ११ गते विहीबार खेलाइने जानकारी टीम कमिशनर अनिल सुकुपायोले दिए।

Published Date: 21 February 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक