भक्तपुरमा भईरहेको हृदयचन्द्र नाटक मेलामा “मरुभूमिका लेखक” नाटक मञ्चन

भक्तपुरमा भईरहेको हृदयचन्द्र नाटक मेलामा “मरुभूमिका लेखक” नाटक मञ्चन : Icon Khabar

भक्तपुर, फागुन ९ । आस्था सांस्कृतिक परिवार र नाट्यकर्मी समाज नेपालको संयुक्त आयोजनामा संचालन भईरहेको पाँच दिने हृदयचन्द नाटक मेला मंगलबार दोश्रो दिनको पहिलो नाटक मरुभूमिका लेखक मञ्चन भएको छ ।

राजेन्द्र श्रेष्ठद्वारा निर्देशित ख्वप माविको मरुभूमिको लेखक नामक नाटकको प्रतिक्रिया दिँदै आयोजक समितिका सदस्य नीरज लवजूले समाज परिवर्तनका लागि साहित्यकार तथा लेखक आफ्नो वैयक्तिक स्वार्थ त्यागेर आत्मस्वाभिमानका लागि कुनै किसिमको सम्झौतामा नअल्झिएको हृदय विदारक बेजोड प्रस्तुति भएको बताए।

उनले भानुभक्तकालिन तथा नाट्य सम्राट बालकृष्ण समकालीन नाटक तथा साहित्यमा भएको कमजोरी पक्षलाई यथार्थवादी र शैलीक्रमिकता हृदयचन्द्र सिहं प्रधानका साहित्यमा भएको बताउँदै मरुभूमिको लेखक नामक नाटक हृदयचन्द्र सिंह प्रधानको वास्तविक जीवनसँग मेल खाएको र राज्यले उपेक्षा गरेका साहित्यकारलाई बुझ्न सो नाटक मेला गर्नु उद्देश्य भएको बताए।

सोही नाटकका कलाकार अयुब नेपाली र सुस्मा खड्काले पनि आआफ्नो नाट्य अनुभव सुनाएका थिए ।

तेस्तै आजको दोस्रो नाटक श्रीमैंयाको इर्लिङ पञ्चकन्या माविले मञ्चन गरे। उक्त नाटकबारे मजदुर दैनिकका सम्पादक बिष्णुगोपाल कुुसीले हरेक कथा, कविता र नाटकको उदेश्य हुने हुदाँ यो नाटकको पनि आफ्नै उदेश्य रहेको बताए।

आफ्नो क्षमताभन्दा बढी तडकभडकले आफैलाई हानी हुने, जीवन संर्घष भएकोले हरेस खान नहुने, परिवार मिलेर समस्याको समाधान गर्नु पर्ने उक्त नाटकले शिक्षा लिन सकिने बताए। साथै पञ्चकन्याका शिक्षक प्रकाश तजले र निर्देशक राजकुमार कार्की पनि अबसरको लागि धन्यवाद दिए।

Published Date: 21 February 2023


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी