प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकारमा अग्नि सापकोटाका छोरा नियुक्त

प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकारमा अग्नि सापकोटाका छोरा नियुक्त : Icon Khabar

काठमाडौं, फागुन ९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र सल्लाहकारमा रुपक सापकोटालाई नियुक्त गरेका छन् । रुपक पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुन् ।

सापकोटाले चीनको रेन्मिन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका छन् । उनी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति समितिका सदस्य पनि हुन् । उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश मामिला अध्ययन संस्थानको उपकार्यकारी निर्देशक बनाएका थिए ।

त्यसैगरी प्रशासन तथा जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य र जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली नियुक्त भएका छन् ।

Published Date: 21 February 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा