प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकारमा अग्नि सापकोटाका छोरा नियुक्त

प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकारमा अग्नि सापकोटाका छोरा नियुक्त : Icon Khabar

काठमाडौं, फागुन ९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र सल्लाहकारमा रुपक सापकोटालाई नियुक्त गरेका छन् । रुपक पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुन् ।

सापकोटाले चीनको रेन्मिन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका छन् । उनी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति समितिका सदस्य पनि हुन् । उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश मामिला अध्ययन संस्थानको उपकार्यकारी निर्देशक बनाएका थिए ।

त्यसैगरी प्रशासन तथा जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य र जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)