साउदी अरबको जेलमा रहेका नेपाली दिनेश कार्कीलाई नेपाल फर्काउन पहल गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

साउदी अरबको जेलमा रहेका नेपाली दिनेश कार्कीलाई नेपाल फर्काउन पहल गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता : Icon Khabar

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले विगत दुई वर्षदेखि साउदी अरबको जेलमा रहेका नेपाली दिनेश कार्कीलाई नेपाल फर्काउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका–४ का दिनेश ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा साउदी कारागारमा छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान दिनेशका बुबा गणेशबहादुर कार्कीसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले दिनेशलाई नेपाल फिर्ता ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्रीले दिनेशलाई साउदी जेलबाट रिहा गरी तत्काल स्वदेश फर्काउन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराए ।

‘विदेशमा रहेका नेपाली कामदारको अधिकार र सुरक्षाप्रति वर्तमान सरकार अत्यन्तै संवेदनशील छ । विदेशमा रहेका नेपालीहरुको राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको छ । त्यसैले उनीहरुको हित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको दायित्व हो,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री दाहालले भने, “वैदेशिक रोजगारीमा रहेका नेपालीको आत्मसम्मान कायम राख्नका साथै उनीहरुको पूँजी, सीप र प्रविधिलाई नेपालको हितमा परिचालन गर्न सरकार प्रतिबद्ध छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)