सुनको भाउ सस्तियो, चाँदी भने स्थिर

सुनको भाउ सस्तियो, चाँदी भने स्थिर : Icon Khabar

काठमाडौं, फागुन ९ । मंगलबार सुनको भाउ सस्तिएको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार २ सय रुपैयाँमा बिक्री भएको सुन मंगलबार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार र सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा स्थिर थियो भने आज तेजाबी सुन प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने निरन्तर दोश्रो दिन स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल