गर्भवती महिलाले के खाने अनि के नखाने ?

गर्भवती महिलाले के खाने अनि के नखाने ? : Icon Khabar

काठमाडौँ, फागुन ९ । पहिलोचोटि गर्भवती हुनु महिलाका लागि निकै ठूलो कुरा हो । पहिलो गर्भ छँदा महिलालाई खुसी र खतरा दुवै हुन सक्छ । यतिवेला सन्तुलित भोजन आवश्यक हुन्छ । तर,कतिपय स्वस्थ मानिने खानेकुरा पनि गर्भवती आमाका लागि खतरा हुन सक्छ । यस्ता खाना नखान डाक्टरको सुझाब हुन्छ । यस्ता खानाले गर्भ तुहिनेसमेत खतरा हुन सक्छ।

के नखाने ?

तितेकरेला: तितेकरेला स्वस्थकर मानिन्छ । तर, गर्भवती महिलालाई भने करेला विष पनि साबित हुन सक्छ । तितेकरेला खानाले पेटमा भएको शिशुलाई मात्र हानि पुर्‍याउँदैन कि गर्भ तुहिने खतरासमेत हुन सक्छ ।

भुइँकटर: गर्भवती आमाले भुइँकटरको पनि सेवन गर्नु हुँदैन । यसमा ब्रोमेलिन भन्ने तत्व हुन्छ । जसले गर्भवती आमाको स्वास्थ्यलाई फाइदाभन्दा बढी हानि पुर्‍याउँछ नेपालमा चाइनिज खाना निकै प्रचलित छ । तर, यसमा सोडियम ग्लुटामेट तत्व हुन्छ । यस्तो खाँदा गर्भ तुहिने खतरा पनि बढ्दै जान्छ गर्भवती आमाले मेवा पनि खानु हुँदैन । अत्यधिक मात्रामा मेवाको प्रयोगले पनि गर्भ तुहिन सक्छ।

के खाने ?

राज्मा: राज्मा गर्भवती आमाका लागि फाइदाजनक हुन्छ । यसमा फोलेट नामक तत्व हुन्छ र यसले शिशुको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्छ।

केरा: गर्भवती आमाले केरा खाँदा पनि निकै फलदायी हुन्छ । केरा सर्वसुलभ पाइने हुँदा पनि यसको प्रयोगलाई बढाउँदा राम्रो हुन्छ । यसमा आइरन, फाइबर हुन्छ, जुन गर्भवती आमाका लागि आवश्यक तत्व हो।

पनिर: गर्भवती महिलाले पनिरको पनि नियमित प्रयोग गर्नुपर्छ । पनिरमा अत्यधिक क्याल्सियम हुन्छ, जसले आमा र शिशु दुवैको हाडलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ ।

खजुर: गर्भवती महिलाले खजुरको पनि नियमित प्रयोग गर्दा हुन्छ । यसले आमालाई एनेमिया (रगतको कमी) हुनबाट बचाउँछ । गर्भवती आमा सधैँ एनेमियाको जोखिममा हुने भएकाले पनि खजुरको प्रयोग आवश्यक छ ।

दुध: गर्भवती महिलाका लागि दूध पनि महत्वपूर्ण खाद्यपदार्थ हो । यसमा प्रोटिनको मात्रा बढी हुन्छ । नियमित दूध पिउनाले बच्चाको उचाइ बढ्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
1
+1
0
Published Date: 21 February 2023
Website | + posts
ताजा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द
सरकारद्वारा एकैपटक ७२ जना सहसचिवहरूको सरुवा
विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ
बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू