ग्लोबल आइएमई बैंकको शेयर आज देखि कारोबारमा आउने

ग्लोबल आइएमई बैंकको शेयर आज देखि कारोबारमा आउने : Icon Khabar

काठमाडौं, फागुन ९ । ग्लोबल आइएमई बैंकको शेयर नेप्सेमा सूचीकृत भएको छ । साविकको बैंक अफ काठमाण्डूकाे शेयर ग्लोबल आइएमई बैंकको नाममा सूचीकृत भएको हो ।

दूई बैंकबीच १ बराबरको १ को अनुपातमा मर्जर भएको थियो । मर्जर पश्चात बैंक अफ काठमाण्डूको नाममा रहेको ११ करोड २६ लाख १४ हजार ३३७.१७ कित्ता शेयर ग्लोबल आइएमई बैंकको नाममा नेप्सेमा सूचीकृत भएको हो ।

मर्जर प्रयोजनको लागि रोक्का रहेको बैंकको शेयर कारोबार पनि फुकुवा गरेको छ । त्यस अनुसार आज देखि कम्पनीको शेयर किनबेच गर्न सकिनेछ ।

नेप्सेले बैंकको शेयरलाई २०९ रुपैयाँ ४२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि रेन्जको आधारमा बैंकको शेयर आज कारोबारमा आउनेछ ।

Published Date: 21 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा