ग्लोबल आइएमई बैंकको शेयर आज देखि कारोबारमा आउने

ग्लोबल आइएमई बैंकको शेयर आज देखि कारोबारमा आउने : Icon Khabar

काठमाडौं, फागुन ९ । ग्लोबल आइएमई बैंकको शेयर नेप्सेमा सूचीकृत भएको छ । साविकको बैंक अफ काठमाण्डूकाे शेयर ग्लोबल आइएमई बैंकको नाममा सूचीकृत भएको हो ।

दूई बैंकबीच १ बराबरको १ को अनुपातमा मर्जर भएको थियो । मर्जर पश्चात बैंक अफ काठमाण्डूको नाममा रहेको ११ करोड २६ लाख १४ हजार ३३७.१७ कित्ता शेयर ग्लोबल आइएमई बैंकको नाममा नेप्सेमा सूचीकृत भएको हो ।

मर्जर प्रयोजनको लागि रोक्का रहेको बैंकको शेयर कारोबार पनि फुकुवा गरेको छ । त्यस अनुसार आज देखि कम्पनीको शेयर किनबेच गर्न सकिनेछ ।

नेप्सेले बैंकको शेयरलाई २०९ रुपैयाँ ४२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि रेन्जको आधारमा बैंकको शेयर आज कारोबारमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2023
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भागमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
आज मंगलबारको राशिफल
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल