चार दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

चार दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि : Icon Khabar

काठमाडौं, माघ २९ । साताका अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ८.९७ अंक बढेर २६७१.०७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ८ अर्ब ६९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको १ लाख ६ हजार १८ पटकको कारोबारमा ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँबराबरको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनी शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रसुवागढी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने खानी खोला हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशत बढेको छ। कारोबारमा आएको कालिञ्चोक दर्शनको शेयरमूल्य यस दिन सर्वाधिक ७.५९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७० करोड ५३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको करिब साढे ४३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने रिडी पावरको करिब ४२ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ भने अरु उपसमूहहरुको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६५ प्रतिशत घटेको छ। यस दिन लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।

Published Date: 12 February 2026




ताजा
मलमास सुरु भएसँगै भक्तपुरको छालिङस्थित मच्छेनारायण मन्दिरमा भक्तजनको घुइँचो (फोटो फिचर)
वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३१९ जना फरार प्रतिवादी पक्राउ
‘देशकै उत्कृष्ट’ भनिएको भक्तपुर अस्पतालमै सेवाग्राहीको गुनासोको चाङ, कर्मचारी व्यवहारदेखि उपचार प्रणालीसम्म प्रश्न
‘परिवर्तन यही हो ?’ — ४ दिन लगातार बिदाले सेवा प्रवाह प्रभावित, सरकारलाई पुनर्विचारको दबाब


ट्रेन्डिङ
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र