यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य : Icon Khabar

काठमाडौं, माघ २९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) ३५ रुपैयाँ र गोलभेँडा सानो (तराई) २८ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २६ रुपैयाँ, आलु रातो (भारतीय) २५ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) ४० रुपैयाँ, बन्दा (लोकल) ४२ रुपैयाँ, बन्दा (नरिवल) ३० रुपैयाँ, काउली (स्थानीय) २० रुपैयाँ, काउली (तराई) २२ रुपैयाँ, रातो मूला २८ रुपैयाँ, सेतो मूला (लोकल) १२ रुपैयाँ, सेतो मूला (हाइब्रिड) १५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) ११० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ८० रुपैयाँ, घिउ सिमी (राजमा) ११० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, तितो करेला १७० रुपैयाँ, लौका ६० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ, हरियो फर्सी (लाम्चो) १५ रुपैयाँ, हरियो फर्सी (डल्लो) २० रुपैयाँ, सलगम ४० रुपैयाँ, भिन्डी ११० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५५ रुपैयाँ तोकिएको छ । समितिले रायोसाग प्रतिकिलो १० रुपैयाँ, पालुङ्गो साग २० रुपैयाँ, चमसुर २० रुपैयाँ, मेथीको साग ३० रुपैयाँ र हरियो प्याज ४० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, बकूला प्रतिकिलो ५० रुपैयाँ, तरुल ५० रुपैयाँ, च्याउ (कन्य) ८० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ३५ रुपैयाँ, चुकुन्दर ५५ रुपैयाँ, जिरीको साग ४० रुपैयाँ, सेलरी १५० रुपैयाँ, पार्सले ३०० रुपैयाँ, सौफको साग ३० रुपैयाँ, पुदिना ३०० रुपैयाँ र गुन्द्रुक २८० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २८० रुपैयाँ, केरा (दर्जन) १७० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) २०० रुपैयाँ, अंगुर (कालो) ३५० रुपैयाँ, सुन्तला (नेपाली) १४० रुपैयाँ, तरबुजा (हरियो) ८० रुपैयाँ, मौसम १०० रुपैयाँ, जुनार १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १३५ रुपैयाँ, काँक्रो (लोकल) १२० रुपैयाँ, काँक्रो (हाइब्रिड) ६० रुपैयाँ, निबुवा ५५ रुपैयाँ, नास्पाती (चाइनिज) २३० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) ४५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ र अमला १०० रुपैयाँ निर्धारण गरिएको छ ।

Published Date: 12 February 2026




ताजा
मलमास सुरु भएसँगै भक्तपुरको छालिङस्थित मच्छेनारायण मन्दिरमा भक्तजनको घुइँचो (फोटो फिचर)
वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३१९ जना फरार प्रतिवादी पक्राउ
‘देशकै उत्कृष्ट’ भनिएको भक्तपुर अस्पतालमै सेवाग्राहीको गुनासोको चाङ, कर्मचारी व्यवहारदेखि उपचार प्रणालीसम्म प्रश्न
‘परिवर्तन यही हो ?’ — ४ दिन लगातार बिदाले सेवा प्रवाह प्रभावित, सरकारलाई पुनर्विचारको दबाब


ट्रेन्डिङ
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र