बुधबार नेप्से परिसूचक ०.०४ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ०.०४ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, माघ २८ । साताको चौथो कारोबार दिन बुधबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । बुधबार नेप्से ०.०४ अंकले घटेर २ हजार ६६२.०९ विन्दुमा कायम भएको हो । बुधबार सेयरबजारमा ३२९ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ११३ कम्पनीका सेयरमूल्य बढेका छन् भने १३३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

बुधबार कुल २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड २२ लाख ५१ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको तुलनामा ७ करोड ५८ लाख रुपैयाँले बढी हो । बुधबार सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, लगानी तथा निर्जीवन बीमा समूहको परिसूचक सकारात्मक रहेका छन् ।

वित्त, होटेल तथा पर्यटन, जीवन बीमा, उत्पादनशील समूह, लघुवित्त, म्युचुअल फण्ड, व्यापार तथा अन्य समूहका परिसूचक भने ओरालो लागेका छन् । रिडी पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी तथा आँखुखोला जलविद्युत कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने सुपर माई हाइड्रोपावर, सुभम पावर तथा क्रेष्ट माइक्रोलाईफ इन्सुरेन्सका सेयरधनी रहेका छन् ।

Published Date: 11 February 2026


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर