उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, माघ १७ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2026