दराज नेपाल ओलम्पिक कमिटीसँग एसियाली खेलकुद फन रनमा सहभागी

दराज नेपाल ओलम्पिक कमिटीसँग एसियाली खेलकुद फन रनमा सहभागी : Icon Khabar

काठमाडौं, फागुन ८ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए), हङ्जउ एसियाली खेल आयोजक समिति र नेपाल राष्ट्रिय ओलम्पिक कमिटी मिलेर एसियाली खेलकुद फन रन आयोजना गर्न लागेको छ । एसियाली खेलकुद र नेपालमा ओलम्पिक प्रवद्र्धन गर्न उक्त खेल आयोजना गर्न लागेको हो।

खेलमा दराजले आफुलाई अभियानको लाभार्थी र उत्साही समर्थकको रूपमा प्रस्ततु गरेको छ ।

उक्त खेलमा कुल प्रतिस्पर्धीहरुमध्ये १४ धावकहरू दराजबाट सहभागी हुनेछन |

एसियाली खेलकुद फन रन फेब्रअरि १७, २०२३ शक्रुबारको दिन बिहान ६:३० मा पाटन दरवार स्क्वायरमा आयोजना गरिएको थियो | दौड पाटन हुँदै लगभग ३.५ किलोमिटरको कोर्स थियो ।

एसियाली खेलकुद फन रन नेपाल ओलम्पिक कमिटीसँग एसियाली खेलकुद प्रवर्द्धनका लागि ओसीएको जारी प्रयासको एक हिस्सा हो। यसको मलु मन्त्र भनेको खेलाडी, विद्यार्थी, बालबालिका र खेलकुद अधिकारीहरूलाई एकैठाउँमा ल्याउनेहो।यसले सहभागीहरूलाई शारीरिक गतिविधिमा संलग्न हुँदैगर्दा सहरका केही प्रसिद्ध स्थलहरू हेर्ने अवसर जुराएको थियो ।

एसियाली खेलकुद फन रन नेपालसहित १२ देशमा फेब्रअरि र मार्च हुनेतय भएको थियो भने ओसीएले गत अक्टोबरमा कम्बोडिया, उज्वेकिस्तान, थाइल्याण्ड, कुवेत र साउदी अरेबियामा विदेशी भ्रमण सुरु गरेको थियो ।

( दराज दक्षिण एसियाको एक शीर्ष ईकमर्स प्लेटफर्म हो, जसले नेपाल लगायत विभिन्न देशहरूमा खरिदकर्ता र बिक्रेताहरूलाई जोड्ने काम गर्दछ । दराजले सलभु मूल्यमा उत्पादन र सेवाहरू प्रदान गर्दछ । सेवा प्रदानको प्रतिबद्धता र ग्राहकहरुको विश्वासको साथमा दराजले दक्षिण एसियामा ईकमर्स उद्योगलाई नयाँआकार दिएको छ । )

Published Date: 20 February 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक