ललितपुर महानगरभित्र रहेका आर्थिक, धार्मिक र पौराणिक दृष्टिले महत्वपूर्ण वनस्पतिहरुको ब्यख्यात्मक पुस्तक प्रकाशित

ललितपुर महानगरभित्र रहेका आर्थिक, धार्मिक र पौराणिक दृष्टिले महत्वपूर्ण वनस्पतिहरुको ब्यख्यात्मक पुस्तक प्रकाशित : Icon Khabar

ललितपुर, फागुन ८ । ललितपुर महानगरले महानगरभित्र रहेका आर्थिक, धार्मिक र पौराणिक दृष्टिले महत्वपूर्ण वनस्पतिहरुको व्याख्या गरिएको पुस्तक प्रकाशित गरेको छ । नेपालका प्रथम बोटानिष्ट प्रयागराज पाण्डे फाउन्डेसनको संयोजनमा तयार पारिएको उक्त महानगरले प्रकाशित गरेको हो ।

पुस्तकमा महानगरको २९ वटै वडामा अनुसन्धानका क्रममा भेटिएका ३० प्रजातिका वनस्पतिका बारेमा वर्णन गरिएको छ । पुस्तकमा समेटिएका वनस्पति मध्ये भालुकाठ र गुँसी लोपउन्मुख वनस्पति हुन् । भालुकाठ वडा नंं.३ मा रहेको छ भने गुँसी महानगरको वडा नं ४ मा अवस्थित सदर चिडियाखाना भित्र रहेको छ । पुस्तकका लेखक हरिकृष्ण सैंजुले भने, ‘भालुगाठ संसारको दोस्रो सुन्दर फूल फुल्ने वनस्पति हो । ’ ललितपुर महानगरभित्रका प्रत्येक वडा पुगेर यो पुस्तक तयार पार्न १ वर्ष लागेको थियो ।

महानगरको वडा नं १९ मा रहेको अग्निशालसँगैको वरुण वृक्षको इतिहास ललितपुर महानगरको लागि मात्रै नभएर नेपालकै लागि महत्वपूर्ण भएको प्रा.डा पुष्पमान अमात्यले बताए । इतिहासमा उल्लेख भए अनुसार यो वृक्ष ३ हजार वर्ष पुरानो वृक्ष हो । अमात्यले यो पुस्तक ललितपुर महानगरको सम्पत्ति भएको बताए । उनले भने, ‘ यो पुस्तकले ललितपुरका वनस्पतिको डकुमेन्टेसन भएको छ, यसको श्रेय ललितपुरका मेयरलाई जान्छ । ’

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले प्रकाशित गरेको यो पुस्तक वनस्पति क्षेत्रका विद्यार्थी र विज्ञहरुका लागि पनि उपयोगी हुने बताए । वातावरण संरक्षणका लागि महानगरले वृक्षारोपणलाई प्राथमिकता दिएको बताए । उनले महानगरका वडा अध्यक्षहरुलाई सुझाव दिदैं भने, खाली ठाउँ कहिंकतै नराख्नुस्, वृक्षारोपण गर्नुस् । महानगरले विरुवा रोप्ने मात्रै नभई त्यसको संरक्षणलाई पनि त्यति नै प्राथमिकतामा राखेको बताए । उनले भने, ‘ हामी विरुवा मात्रै रोप्दैनौं, पानी हाल्छौं , हुर्कन मल हाल्छौं, विरुवा सफा देखियोस् भनेर विरुवालाई नुहाइदिन विशेष खालको ट्याङकर किनेका छौं । ’ उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यो पुस्तक महानगरको सम्पत्ति भएको बताइन् । महानगरलाई योजना तर्जुमा गर्न समेत यो पुस्तकले सहयोग गर्ने तर्क गरिन् ।

उक्त पुस्तक वनस्पति विज्ञद्धय डा. पुष्पमान अमात्य र हरिकृष्ण सैंजुले लेखेका हुन् । अमात्य महानगरका वनस्पतिविज्ञ सल्लाहकार समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न