पोखरा विश्वविद्यालयको १८औँ दिक्षान्त समारोह सम्पन्न

पोखरा विश्वविद्यालयको १८औँ दिक्षान्त समारोह सम्पन्न : Icon Khabar

कास्की, फागुन ८ । पोखरा विश्वविद्यालयको १८औँ दिक्षान्त समारोह सम्पन्न भएको छ । कास्कीको लेखनाथमा एक विशेष कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले समारोह सम्पन्न गरेको हो । समारोहमा विश्वविद्यालयले उत्कृष्ट नतिजा हासिल गर्नेहरुलाई पुरस्कारसमेत वितरण गरेको छ ।

पोखरा विश्वविद्यालयको दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले जनशक्तिको विदेश पलायन रोक्न सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताएका छन् । ‘विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न चुनौतीका चाङ्ग भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु’, उनले भने, ‘विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईहरूको काँधमा पनि छ ।’

प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताए । त्यस्तै, उनले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहने समेत बताएका छन् ।

शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लेखित लक्ष्य हासिल गर्न सकिनेछ भन्ने आफूले विश्वास लिएको प्रधानमन्त्री दाहालको भनाई रहेको छ ।

Published Date: 20 February 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक