ताेलामा नै साढे ९ हजारले बढेर ऐतिहासिक उचाईमा पुग्याे सुनको मूल्य, चाँदी पनि उल्लेख्य वृद्धि

ताेलामा नै साढे ९ हजारले बढेर ऐतिहासिक उचाईमा पुग्याे सुनको मूल्य, चाँदी पनि उल्लेख्य वृद्धि : Icon Khabar

काठमाडौं, माघ १४ । नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य बढेर पुनः ऐतिहासिक उचाईमा पुगेको छ । पछिल्ला ५ दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउँदै बढ्ने क्रममा रहेको हो ।

यस दिन सुन प्रतितोला ९ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य रेकर्डलाई ब्रेक गर्दै यस दिन सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

यस दिन चाँदीको मूल्य तोलामा ४३० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन चाँदीको मूल्यले पनि सोमबार बनाएको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।

Published Date: 28 January 2026


ताजा
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?
तपाईले आज खिर खानुभयो त ?
त्रिभुवन विश्वविद्यालयद्वारा मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु