भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न

भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न : Icon Khabar

भक्तपुर, भदौ १६ । भक्तपुर सिर्जनानगरस्थित भक्तपुर मोडर्न इङ्लिस स्कुलमा कक्षा ११ र १२ का विद्यार्थीहरूले यस वर्ष पनि विद्यालयस्तरीय निर्वाचन सम्पन्न गरेका छन् । निर्वाचनमार्फत अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि मतदान भई विजयी उम्मेदवार घोषणा गरिएको छ ।

सोमबार बिहान ८ बजेदेखि सुरु भएको मतदानमा सम्पूर्ण प्रक्रिया कक्षा १२ का विद्यार्थीहरूले नै निर्वाह गरेका थिए । मतदान अधिकृत, सुरक्षाकर्मीदेखि म्यादी प्रहरीको भूमिका विद्यार्थीहरूले सक्रियतापूर्वक पूरा गरेका थिए । कक्षा ११ का विद्यार्थीहरूले पहिलो पटक मतदानको अनुभव लिँदै आफूलाई नयाँ अवसर मिलेको बताएका छन् ।

निर्वाचन प्रक्रियामा अधिश्री कसपाल र उनको समूहको उल्लेखनीय भूमिका रहेको थियो भने विद्यालय प्रशासन, शिक्षक, कर्मचारी र प्राचार्यले समेत सक्रिय सहयोग गरेका थिए । मतदान स्थलको अनुगमन मोडर्न स्कुल तथा कलेजका प्राचार्य अनिल कसपाल र कोअर्डिनेटर शशी कसपालले गरेका थिए।

मतदान सम्पन्न भएपछि मतगणना गरी विजयी उम्मेदवारलाई बधाईसमेत दिइएको विद्यालयले जनाएको छ । निर्वाचनलाई सफल बनाउन एक हप्ताअघि देखिनै शिक्षक, कर्मचारी र विद्यार्थीको सक्रिय सहभागिता रह्यो । उम्मेदवारको मनोनयन, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरणपछि विद्यार्थीहरूले घोषणापत्रसहित प्रचारप्रसार गरेका थिए । मतदान मार्फत कक्षा १२ का आर्जन कसपाल अध्यक्ष, प्रतीक्षा कोछाला उपाध्यक्ष, दिपेश फुँयाल सचिव र कक्षा ११ का सन्तोष विक्रम शाह कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन्।

यसै अवसरमा कक्षा १२ को होटल म्यानेजमेन्ट संकायका विद्यार्थीहरूले विभिन्न परिकारको प्रदर्शनी गरेका थिए । आफ्ना सिप र सीपलाई प्रस्तुत गर्दै तयार पारिएका ती परिकार शिक्षक, कर्मचारी र विद्यार्थीहरूले रमाइलोका साथ अवलोकन गर्नुका साथै स्वाद लिँदै प्रशंसा गरेका थिए ।

Published Date: 02 September 2025
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२ : तालाक्व मतदान केन्द्रमा दिउँसो ४ बजेसम्म २७७८ मत खस्यो
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुरका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान हुँदै (फोटो फिचर)
कमलविनायकको सरस्वती विद्यागृहमा २३२९ मत खस्यो
महेन्द्रग्राम मावि सुडालमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खस्यो


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो