भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न

भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न : Icon Khabar

भक्तपुर, भदौ १६ । भक्तपुर सिर्जनानगरस्थित भक्तपुर मोडर्न इङ्लिस स्कुलमा कक्षा ११ र १२ का विद्यार्थीहरूले यस वर्ष पनि विद्यालयस्तरीय निर्वाचन सम्पन्न गरेका छन् । निर्वाचनमार्फत अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि मतदान भई विजयी उम्मेदवार घोषणा गरिएको छ ।

सोमबार बिहान ८ बजेदेखि सुरु भएको मतदानमा सम्पूर्ण प्रक्रिया कक्षा १२ का विद्यार्थीहरूले नै निर्वाह गरेका थिए । मतदान अधिकृत, सुरक्षाकर्मीदेखि म्यादी प्रहरीको भूमिका विद्यार्थीहरूले सक्रियतापूर्वक पूरा गरेका थिए । कक्षा ११ का विद्यार्थीहरूले पहिलो पटक मतदानको अनुभव लिँदै आफूलाई नयाँ अवसर मिलेको बताएका छन् ।

निर्वाचन प्रक्रियामा अधिश्री कसपाल र उनको समूहको उल्लेखनीय भूमिका रहेको थियो भने विद्यालय प्रशासन, शिक्षक, कर्मचारी र प्राचार्यले समेत सक्रिय सहयोग गरेका थिए । मतदान स्थलको अनुगमन मोडर्न स्कुल तथा कलेजका प्राचार्य अनिल कसपाल र कोअर्डिनेटर शशी कसपालले गरेका थिए।

मतदान सम्पन्न भएपछि मतगणना गरी विजयी उम्मेदवारलाई बधाईसमेत दिइएको विद्यालयले जनाएको छ । निर्वाचनलाई सफल बनाउन एक हप्ताअघि देखिनै शिक्षक, कर्मचारी र विद्यार्थीको सक्रिय सहभागिता रह्यो । उम्मेदवारको मनोनयन, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरणपछि विद्यार्थीहरूले घोषणापत्रसहित प्रचारप्रसार गरेका थिए । मतदान मार्फत कक्षा १२ का आर्जन कसपाल अध्यक्ष, प्रतीक्षा कोछाला उपाध्यक्ष, दिपेश फुँयाल सचिव र कक्षा ११ का सन्तोष विक्रम शाह कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन्।

यसै अवसरमा कक्षा १२ को होटल म्यानेजमेन्ट संकायका विद्यार्थीहरूले विभिन्न परिकारको प्रदर्शनी गरेका थिए । आफ्ना सिप र सीपलाई प्रस्तुत गर्दै तयार पारिएका ती परिकार शिक्षक, कर्मचारी र विद्यार्थीहरूले रमाइलोका साथ अवलोकन गर्नुका साथै स्वाद लिँदै प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 September 2025
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित