हृदयचन्द्र नाटक मेला आजबाट सुरू, नेपाली नाटकहरुमा अभिरुची राख्नेहरुलाई सुवर्ण अवसर

हृदयचन्द्र नाटक मेला आजबाट सुरू, नेपाली नाटकहरुमा अभिरुची राख्नेहरुलाई सुवर्ण अवसर : Icon Khabar

भक्तपुर, फागुन ८ । भक्तपुरमा आजबाट हृदयचन्द्र नाटक मेला सुरु भएको छ । नाट्यकर्मी समाज नेपाल र आस्था सांस्कृतिक परिवारले संयुक्त रुपमा आयोजना गरेको नाटक मेला आजबाट यहि फागुन १२ गतेसम्म संचालन हुनेछ। नाटक मेलाको उद्घाटन नेमकिपा बागमती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले गरेका थिए।

नाटक मेलाको आज पहिलो दिन आयोजक समितिको ‘शरणगतको स्वागत’ र पारागण एकेडेमी स्कुलको ‘खैराँती मास्टर’ प्रर्दशन गरिएको छ।

भक्तपुरका सात विद्यालयका विद्यार्थीहरूको नाटक प्रस्तुत रहने मेलामा दोस्रो दिन ख्वप माविको ‘मरुभूमिका लेखक’ र पञ्चकन्या माविको ‘श्रीमैयाको इयर्लिङ’, तेस्रो दिन बाल विकास इङलिस सेकेन्डरी स्कुलको ‘खैराँती मास्टर’ र आयोजक समितिको ‘शरणागतको स्वागत’ को प्रस्तुत गरिने छ । खैराती मास्टर दुई वटा समूहले प्रस्तुत गर्ने र शरणागतको स्वागत दुई दिन प्रस्तुत हुनेछ।

त्यसैगरि चौथो दिन प्रभात इङलिस सेकेन्डरी स्कुलको ‘राजनीतिक रंगमञ्च’ र ख्वप कलेजको ‘उनी देवता हुन्’ र पाँचौ तथा अन्तिम दिन जेन्युइन सेकेन्डरी स्कुलको ‘किर्तिपुरको युद्धमा’ र आयोजक समितिको गंगालालको चिता’ नाटक मञ्चन गरिने आयोजक समितिका सदस्य नीरज लवजूले बताए।

नाटक प्रत्येक दिन मध्याह्न १२ बजे पहिलो शो र दिउँसो ३ बजे दोश्रो शो प्रदर्शन हुने कुरा आयोजकले बताएको छ।

Published Date: 20 February 2023


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी