गायिका त्रिशला गुरुङले गरिन् समानुपातिक उम्मेदवारी फिर्ताको घोषणा

गायिका त्रिशला गुरुङले गरिन् समानुपातिक उम्मेदवारी फिर्ताको घोषणा : Icon Khabar

काठमाडौँ, पुस १८ । गायिका डा. त्रिशला गुरुङले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनाव अन्तर्गत समानुपातिक बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी छन् ।

उनले समाजिक सञ्जाल फेसबुकमार्फत समानुपातिक बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिने  घोषणा गरेकी हुन्  ।

निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुझाएको समानुपातिकको बन्द सूचीमा गुरुङको नाम पनि समावेश थियो । गुरुङ उज्यालो नेपाल पार्टी (उनेपा) को तर्फबाट रास्वपाको बन्द सूचीमा परेकी थिइन् ।

पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नुे तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने दृढ संकल्प रहेको भन्दै उनले उम्मेदवारी नबन्ने बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उज्यालो नेपाल पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट समानुपातिक प्रतिनिधित्वका लागि म्मेदवारका रूपमा सिफारिस गरिनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारीको विषय हो । यस अवसरका लागि पार्टी नेतृत्व, सम्बन्धित निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु । यद्यपि, गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु ।’

उनले अगाडि लेखेकी छन्, ‘म माथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्नेछु र उक्त भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु । राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पुर्‍याइरहनेछु । अन्त्यमा, पार्टीको भावी यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Published Date: 02 January 2026
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय