भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं

भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं : Icon Khabar

भक्तपुर, पुस ८ । मंगलबार अपेन भक्तपुरको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट किरण गोसाईंको अध्यक्षतामा भक्तपुर नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

अधिवेशनमा सहभागी सदस्यहरूले नवनिर्वाचित नगर कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अधिवेशनले भक्तपुर नगरपालिका भित्र सञ्चालनमा रहेका समग्र प्री–स्कुलहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, साङ्गठनिक सुदृढीकरण तथा शिक्षक–शिक्षिकाको क्षमता विकासलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना अघि बढाउने निर्णय गरेको छ।

नवगठित नगर कार्यसमितिले भक्तपुर नगरपालिका भित्रका समग्र प्री–स्कुलहरूको शैक्षिक तथा साङ्गठनिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। बालमैत्री सिकाइ वातावरण निर्माण, अभिभावक–विद्यालय सहकार्य विस्तार तथा संस्थागत एकता मजबुत बनाउने विषयमा अपेनले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

अधिवेशनका क्रममा शिक्षा क्षेत्रमा देखिएका समसामयिक चुनौती, नीति तथा नियमको प्रभावकारी कार्यान्वयन, साझा समस्या समाधान तथा निजी प्री–स्कुलहरूको हक–हित संरक्षणका विषयमा समेत छलफल भएको थियो।

नवनिर्वाचित अध्यक्ष किरण गोसाईंले सबै सदस्यहरूको विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै सहकार्य, पारदर्शिता र समावेशी नेतृत्वको माध्यमबाट प्री–स्कुल शिक्षालाई अझ व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 December 2025
Website | + posts