खाद्य खुराक इन्टरनेशनल इभेन्ट २०२५ गुजरातमा

खाद्य खुराक इन्टरनेशनल इभेन्ट २०२५ गुजरातमा : Icon Khabar

काठमाडौँ, पुस ७ । गुजरातको अहमदाबाद–गान्धीनगरमा खाद्य खुराक इन्टरनेशनल इभेन्ट २०२५ आयोजना हुने भएको छ। डिसेम्बर १५ देखि १८ सम्म सञ्चालन हुने यस प्रदर्शनीमा खाद्य प्रशोधन, प्याकेजिङ तथा आतिथ्य उद्योगसँग सम्बन्धित नवीन प्रविधि र उत्पादनहरू प्रस्तुत गरिनेछ।

कार्यक्रममा ६५० भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ। ग्राण्ड उद्घाटन, ब्रान्ड तथा उत्पादन सार्वजनिक, आइसक्रिम सम्मेलन, ग्लाम फुड शो, नारी रत्न अवार्ड तथा ग्राण्ड मास्टर केक प्रतियोगिता प्रमुख आकर्षणका रूपमा रहेका छन्।

यस कार्यक्रमअन्तर्गत साई कुमार शर्मालाई विशिष्ट अतिथि पुरस्कार प्रदान गरिनेछ। त्यस्तै सेफ माइकललाई किङ सेफ अवार्ड बाट सम्मान गरिनेछ। साथै सेफ अनिल कुँवर, सेफ रमेश, सेफ सन्तोष बुढाथोकी र सेफ गणेश दासलाई पनि उक्त कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ।

प्रदर्शनीले खाद्य तथा आतिथ्य उद्योगमा रहेका सम्भावना, प्रविधि र बजार विस्तारका अवसरबारे जानकारी दिने विश्वास गरिएको छ।

Published Date: 22 December 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी