म्यानचेष्टर युनाइटेडद्वारा प्रिमियर लिगमा आइतबार लेस्टर सिटीलाई ३-० ले पराजित

म्यानचेष्टर युनाइटेडद्वारा प्रिमियर लिगमा आइतबार लेस्टर सिटीलाई ३-० ले पराजित : Icon Khabar

काठमाडौं, फागुन ८ । म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार लेस्टर सिटीलाई ३-० ले पराजित गरेको छ । मार्कुस रासफोर्डको दुई गोल मद्दतमा युनाइटेडले उक्त गोल गरेको हो।

जितपछि तेस्रो स्थानको युनाइटेडको २४ खेलबाट ४९ अंक भएको छ । युनाइटेडले दोस्रो स्थानको सिटीसँग अंकदूरी ३ मा छोठ्याएको छ । आर्सनल २३ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा छ ।

यस्तै अर्को खेलमा टोटनहमले वेष्टहमलाई २-० ले हरायो । यस जितपछि टोटनहम चौथो स्थानमा उक्लेको छ । घरेलु मैदानमा टोटनहमको लागि एमरसनले ५६औं र हेउन मिन सनले ७२औं मिनेटमा गोल गरे । टोटनहमको २४ खेलबाट ४२ अंक भएको छ र न्युकासललाई १ अंकले पछि छाडेको छ ।

Published Date: 20 February 2023
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय