मंगलबारबाट राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता सिन्धुपाल्चोकको भोटेकोशीमा

मंगलबारबाट राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता सिन्धुपाल्चोकको भोटेकोशीमा : Icon Khabar

काठमाडौं, फागुन ८ । ११औं राष्ट्रिय कायक स्लालम तथा सातौं राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता मंगलबारबाट सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा सुरु हुने भएको छ ।

नेपाल र्‍याफ्टिङ क्यानोईङ संघले वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता फागुन ९ गते देखी ११ गतेसम्म हुन लागेको हो । प्रतियोगीतामा विभागीय टोलीको नेपाल पुलिस क्लब, एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा विभीन्न र्‍याफ्टिङ कम्पनी र क्लबका गरी १५ टोलीको सहभागिता रहने संघले जनाएको छ ।

प्रतियोगितामा वर्ल्ड र्‍याफ्टिङ फेडेरेशन एशियाका अध्यक्षको समेत उपस्थिति रहनेछ । प्रतियोगिता अन्तर्गत कायक स्लालम व्यक्तिगत र र्‍याफ्टिङ समूहगत खेल हो ।

बागमती प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2023
Website | + posts




ताजा
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित