मंगलबारबाट राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता सिन्धुपाल्चोकको भोटेकोशीमा

मंगलबारबाट राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता सिन्धुपाल्चोकको भोटेकोशीमा : Icon Khabar

काठमाडौं, फागुन ८ । ११औं राष्ट्रिय कायक स्लालम तथा सातौं राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता मंगलबारबाट सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा सुरु हुने भएको छ ।

नेपाल र्‍याफ्टिङ क्यानोईङ संघले वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता फागुन ९ गते देखी ११ गतेसम्म हुन लागेको हो । प्रतियोगीतामा विभागीय टोलीको नेपाल पुलिस क्लब, एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा विभीन्न र्‍याफ्टिङ कम्पनी र क्लबका गरी १५ टोलीको सहभागिता रहने संघले जनाएको छ ।

प्रतियोगितामा वर्ल्ड र्‍याफ्टिङ फेडेरेशन एशियाका अध्यक्षको समेत उपस्थिति रहनेछ । प्रतियोगिता अन्तर्गत कायक स्लालम व्यक्तिगत र र्‍याफ्टिङ समूहगत खेल हो ।

बागमती प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Published Date: 20 February 2023
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय