राष्ट्रपति निर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने विषयमा माओवादी केन्द्रको औपचारिक बैठक आज

राष्ट्रपति निर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने विषयमा माओवादी केन्द्रको औपचारिक बैठक आज : Icon Khabar

काठमाडौं, फागुन ८ । नेकपा (माओवादी केन्द्र)ले नयाँ राष्ट्रपतिको विषयमा औपचारिक निर्णय गर्न आज औपचारिक बैठक बोलाएको छ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय परिसरमा बस्नेछ ।

आइतबार साँझ प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच शीर्ष नेतासँग बालुवाटारमा छलफल गरेका थिए ।

आगामी चैतमा हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई साथ दिने भन्नेबारे आजको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ । एमालेले अध्यक्षको दाबी गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमति अनुसार एमालेले राष्ट्रपतिमा दाबी गरेको छ ।

तर राष्ट्रिय सहमतिका लागि पहल गरिरहेका प्रधानमन्त्री दाहाल भने नेपाली काँग्रेसबाटै राष्ट्रपति बनाउने मुडमा छन् । उनलाई विश्वासको मतमा समर्थन गरेको नेपाली कांग्रेसले पनि अध्यक्षमा दाबी गरिरहेको छ ।

यसै सन्दर्भमा आइतबार साँझ नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री दाहालसँग भेट गरेका छन् । नेपाली कांग्रेसले सहयोगको लागि सोध्दा प्रधानमन्त्रीले पार्टीभित्र छलफल गरेर निर्णय गरिने जवाफ दिएका थिए ।

Published Date: 20 February 2023
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय