राष्ट्रपति निर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने विषयमा माओवादी केन्द्रको औपचारिक बैठक आज

राष्ट्रपति निर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने विषयमा माओवादी केन्द्रको औपचारिक बैठक आज : Icon Khabar

काठमाडौं, फागुन ८ । नेकपा (माओवादी केन्द्र)ले नयाँ राष्ट्रपतिको विषयमा औपचारिक निर्णय गर्न आज औपचारिक बैठक बोलाएको छ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय परिसरमा बस्नेछ ।

आइतबार साँझ प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच शीर्ष नेतासँग बालुवाटारमा छलफल गरेका थिए ।

आगामी चैतमा हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई साथ दिने भन्नेबारे आजको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ । एमालेले अध्यक्षको दाबी गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमति अनुसार एमालेले राष्ट्रपतिमा दाबी गरेको छ ।

तर राष्ट्रिय सहमतिका लागि पहल गरिरहेका प्रधानमन्त्री दाहाल भने नेपाली काँग्रेसबाटै राष्ट्रपति बनाउने मुडमा छन् । उनलाई विश्वासको मतमा समर्थन गरेको नेपाली कांग्रेसले पनि अध्यक्षमा दाबी गरिरहेको छ ।

यसै सन्दर्भमा आइतबार साँझ नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री दाहालसँग भेट गरेका छन् । नेपाली कांग्रेसले सहयोगको लागि सोध्दा प्रधानमन्त्रीले पार्टीभित्र छलफल गरेर निर्णय गरिने जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता