सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार हुने

सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार हुने : Icon Khabar

भक्तपुर, फागुन ७ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको छ । भक्तपुरको सूर्यविनायक देखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो ।

सडक निर्माण अन्तर्गत काभ्रेपलाञ्चोकको साँगा देखि धुलिखेलसम्मको ८.४ किलोमिटर सडकखण्ड पहिलो चरण र भक्तपुरको सूर्यविनायक देखि काभ्रेपलाञ्चोकको साँगासम्मको ७.५ किलोमिटर सडकखण्ड दोस्रो चरणमा सक्नेगरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको जनाएको छ ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले सडकको बीचबाट दायाँबायाँ २५/२५ मिटरको मापदण्डनुसार राजमार्गअन्तर्गत पर्ने चार नगरलाई पत्राचार गरी लगत सङ्कलन कार्यमा सहयोग गर्न अपिलसमेत गरेको जनाएको छ ।

उक्त साँगा देखि धुलिखेल सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्डको ठेक्का आशिष कुमार श्रेष्ठ/बन्धन भगवती जेभीसँग सम्झौता भइसकेको विभागले जनाएको छ ।

Published Date: 19 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा