सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार हुने

सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार हुने : Icon Khabar

भक्तपुर, फागुन ७ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको छ । भक्तपुरको सूर्यविनायक देखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो ।

सडक निर्माण अन्तर्गत काभ्रेपलाञ्चोकको साँगा देखि धुलिखेलसम्मको ८.४ किलोमिटर सडकखण्ड पहिलो चरण र भक्तपुरको सूर्यविनायक देखि काभ्रेपलाञ्चोकको साँगासम्मको ७.५ किलोमिटर सडकखण्ड दोस्रो चरणमा सक्नेगरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको जनाएको छ ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले सडकको बीचबाट दायाँबायाँ २५/२५ मिटरको मापदण्डनुसार राजमार्गअन्तर्गत पर्ने चार नगरलाई पत्राचार गरी लगत सङ्कलन कार्यमा सहयोग गर्न अपिलसमेत गरेको जनाएको छ ।

उक्त साँगा देखि धुलिखेल सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्डको ठेक्का आशिष कुमार श्रेष्ठ/बन्धन भगवती जेभीसँग सम्झौता भइसकेको विभागले जनाएको छ ।

Published Date: 19 February 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक