राष्ट्रिय स्वतन्त्र पार्टी देशको लागि अनावश्यक छ : माधवकुमार नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी देशको लागि अनावश्यक छ : माधवकुमार नेपाल : Icon Khabar

काठमाडौं, फागुन ७ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन जुनसुकै बेला टुट्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका कारण सत्तारुढ गठबन्धन जुनसुकै बेला टुट्ने अवस्थामा पुगेको बताए । उनले राष्ट्रपतिको निर्वाचनपछि मात्रै देशको राजनीतिको दिशा तय हुने बताए ।

आइतबार काठमाडौंको कीर्तिपुरमा बसेको अनेरास्ववियुको स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उनले आफूले सबै पद आफुले राजनैतिक एकाधिकार कायम गर्न खोजेको एमालेले वर्चस्व कायम गर्ने कि नदिने भन्ने कुरा चुनावपछि मात्रै भन्न सकिने बताए ।
अध्यक्ष नेपालले अहिलेको सत्तारुढ गठबन्धन नेपाली काँग्रेस र एकीकृत समाजवादीको सहयोगमा टुट्न सक्ने भन्दै केपी ओली निकै चिन्तित रहेको बताए ।

अध्यक्ष नेपालले रास्वपा देशका लागि अनावश्यक बोझ भएको टिप्पणी गरे । रासपाको स्मरण गर्दै उनले देशमा परिवर्तन र चमत्कार गर्ने वाचा लिएर बनेको पार्टीमा पनि राजनीतिक पदको लालसाबाहेक अरू केही नदेखेको बताए ।

Published Date: 19 February 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक