आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने

आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने : Icon Khabar

काठमाडौं, कार्तिक १६ । सरकारले चालू आर्थिक वर्षको लागि निर्धारण गरेको कार्यालय समयअनुसार आज कात्तिक १६ गते आइतवारदेखि कार्यालय समय घट्ने भएको छ ।

आजदेखि सरकारी कार्यालयहरु माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ला हुनेछन् ।

माघ १५ गतेदेखि कार्तिक १५ गतेसम्म भने साँझ ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन हुँदै आएका छन् । शुक्रवार भने दिउँसो ३ बजेको समय यथावत् रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 November 2025
Website | + posts