शिक्षा मन्त्रालयको काम अब सिंहदरबारबाटै हुने

शिक्षा मन्त्रालयको काम अब सिंहदरबारबाटै हुने : Icon Khabar

काठमाडौं, कार्तिक १६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कामकाज सिंहदरबारबाटै हुने भएको छ ।

जेनजी आन्दोलनमा सिंहदरबारस्थित मन्त्रालय आगजनी भएपछि केसरमहलमा सारिएको थियो । मन्त्रालयका प्रवक्ता शीवकुमार सापकोटाका अनुसार तिहारपछि सिंहदरबाट सेवा सुरु गरिएको छ ।

‘तिहारपछि सिंहदरबारमै काम सुरु भएको छ । केसरमहलबाट क्रमशः सार्ने काम भइरहेको छ,’ उनले भने । आगजनीले क्षति भएको मन्त्रालयको मर्मत पनि भइरहेको उनले बताए ।

उनका अनुसार केही काम भने केशरमहलबाटै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 November 2025
Website | + posts