आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १६ । आइतबार नेप्से परिसूचक ३०.७५ अंक बढेर २६३१.१४ विन्दुमा पुगेको छ।

नेप्सेको वृद्धिलाई आज भोल्यूमले पनि साथ दिएको छ। अर्थात यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत बिहीबार ७ अर्ब ५१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको ६८ हजार ११२ पटकको कारोबारमा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँबराबरको २ करोड ९७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, पिपुल्स पावर, तेह्रथुम पावर र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको खानी खोला हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ४.७६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १ अर्ब ६६ करोड ५० लाख रुपैयाँबराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन यूनियन हाइड्रोपावरको करिब साढे ३४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन १.१० प्रतिशत घटेको छ।

Published Date: 02 November 2025
ताजा
काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह
सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने
देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता