‘मेरा सोभियत सम्झनाहरू’ पुस्तकका लेखक ई. रामविन्दु श्रेष्ठसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न

‘मेरा सोभियत सम्झनाहरू’ पुस्तकका लेखक ई. रामविन्दु श्रेष्ठसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन ७ । गत शुक्रवार बुक क्लब भक्तपुरकोआयोजनामा ‘मेरा सोभियत सम्झनाहरू’ पुस्तकका लेखक ई. रामविन्दु श्रेष्ठसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने अभियान अन्तर्गत बुकक्लब भक्तपुरले प्रायः यस्ता कार्यक्रमहरू नियमित मासिक संवादको रुपमा गर्दै आएको छ।

भक्तपुरको ख्वप:छें खौमा, भक्तपुरमा सम्पन्न उक्त कार्यक्रममा प्रस्तोता ई. नीरज लावजु र उच्च शिक्षा हासिल गर्ने क्रममा ६ वर्ष सोभियत संघको अनुभव बटुलेका लेखक रामविन्दु श्रेष्ठबीच तत्कालिन सोभियत संघको समाजवादी व्यवस्था, सोभियत समाज र संस्कृति, त्यहाँको गौरवशाली इतिहास र उपलब्धीहरू र सोभियत संघको विघटनसम्बन्धी घनिभूत अन्तरक्रिया भयो।

अन्तरसंवादको क्रममा लेखकले सन् १९५७ देखि नेपाली छात्रहरू डाक्टर, इन्जिनियरिङ्ग अध्ययन गर्न सोभियत संघ जान शुरु गरेको र यो पुस्तक त्यो देशको सम्झनामा लेखिएको हो, जसको दार्शनिक पृष्ठभुमिमा एशिया, अफ्रिका ल्याटिन अमेरिकाका गरीब देशका लाखौँ प्रतिभावान विद्यार्थीहरूले उच्च शिक्षा प्राप्त गर्ने अवसर पाएको बताए।

लेखकको शब्दमा दोस्रो विश्वयुद्धले क्षतविक्षत भएर शुन्यमा पुगेको मुलुकलाई पुनर्निर्माण गरी अन्तरीक्षको उचाइमा पुर्याउनु र विज्ञान र प्रविधिको क्षेत्रमा श्रेष्ठता हासिल गर्नु; निःशुल्क र अनिवार्य शिक्षा र स्वास्थ, सबैलाई रोजगारी र सामाजिक सुरक्षा त्यहाँका गौरव गर्न लायकका विषयहरू थिए।

सोभियत कालको पछिल्लो चरणमा विभिन्न राजनैतिक, विचारधारात्मक, अर्थतन्त्र र साँस्कृतिक क्षेत्रमा क्षयीकरण शुरु भएको तथापि परिवर्तनको हुरीले समाजका हरेक अंगहरूलाई छोएको बेला पनि यदाकदा भेटिएका “सोभियत साँचोमा ढालिएका” मान्छेहरूमा साक्षात्कार हुने सरलता र समाजवादी सौन्दर्यको सुवास र विश्वमा चलिरहेको इतिहास तोडमरोड गर्ने कृतघ्नताको हुरीले आफूलाई पुस्तक लेख्न प्रेरित गरेको बताए।

कार्यक्रममा पुस्तक पढेका पाठकहरूले आफूहरू सोभियत संघ नगए पनि यो संस्मरणले त्यहाँ पुगेको अनुभूति गराएको भन्दै धन्यवाद व्यक्त गरे भने पढ्न बाँकी श्रोताहरू मध्यबाट प्रश्नोत्तरी हुनुको साथै बुकक्लब भक्तपुरका अध्यक्ष ई. पानसिंहतोमरको मन्तव्यबाट कार्यक्रम समापन भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित