नेकपा एमालेको प्रदेश कमिटीद्वारा दुर्गा प्रसाईलाई कारबाही गर्न केन्द्रलाई सिफारिस

नेकपा एमालेको प्रदेश कमिटीद्वारा दुर्गा प्रसाईलाई कारबाही गर्न केन्द्रलाई सिफारिस : Icon Khabar

काठमाडौं, फागुन ७ । नेकपा एमालेको प्रदेश कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रलाई सिफारिस गरेको छ ।

एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज राजेन्द्र गौतमले शनिबार बिहान बसेको प्रदेश कमिटीको पूर्ण बैठकले पार्टीको हित विपरीतका गतिविधि गरेको भन्दै प्रसाईलाई कारबाही गर्न केन्द्रलाई सिफारिस गरेको बताए ।

‘प्रदेश कमिटी सदस्य भएकाले यहाँबाट कारबाही गर्न नसकेकाले केन्द्रमा सिफारिस गरेका छौं,’ गौतमले भने ।

केही समयदेखि पार्टी हित विपरीत गतिविधि गर्दै आएका प्रसाईलाई पार्टीबाट निष्कासन गर्नुपर्ने पार्टीका सदस्यहरुले जोड दिएपछि कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको उनले बताए ।

एमालेको नीति र सिद्धान्त विपरीत उनी केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पारसलाई कार्यक्रममा आयोजना गरेको भन्दै विवादमा परेका थिए ।

चिकित्सा व्यवसायी समेत रहेका प्रसाईले धर्म र राष्ट्रियता जोगाउने अभियान सुरु गरेका छन् । उनले गत सोमबार काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ शुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित