पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक साताभित्रै आईएफआर सुविधा सम्पन्न हुने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक साताभित्रै आईएफआर सुविधा सम्पन्न हुने : Icon Khabar

काठमाडौं, फागुन ७ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक साताभित्र इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणालीमा लैजाने भएको छ ।

पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफआर प्रणाली सञ्चालनको तयारी पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफआरको कार्यान्वयन आगामी फागुन २३ गतेदेखि हुने जानकारी दिँदै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न विभिन्न वायुसेवा कम्पनीले चासो देखाएका छन् ।

कोरियन एयर, बिज एयर, हिमालय र सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम लगायतले विमानस्थलमा आफ्नो सेवा सुरु गर्न चासो देखाएको क्यानका अधिकारीहरुले बताएका छन् ।

IFR प्रणाली पूर्ण मेकानिकल अपरेटिङ सिस्टम हो र भिजुअल फ्लाइट रुल्सको तुलनामा यो बढी समय लागे पनि अपेक्षाकृत सुरक्षित र सहज भएको क्यानले जनाएको छ।

सन् २०२३ जनवरी १ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थल अहिले बुद्ध, यति, श्री, सौर्य, गुण र अन्य आन्तरिक वायुसेवा कम्पनीहरूले मात्रै आन्तरिक उडान भर्दै आएका छन्।

Published Date: 19 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा