पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक साताभित्रै आईएफआर सुविधा सम्पन्न हुने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक साताभित्रै आईएफआर सुविधा सम्पन्न हुने : Icon Khabar

काठमाडौं, फागुन ७ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक साताभित्र इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणालीमा लैजाने भएको छ ।

पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफआर प्रणाली सञ्चालनको तयारी पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफआरको कार्यान्वयन आगामी फागुन २३ गतेदेखि हुने जानकारी दिँदै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न विभिन्न वायुसेवा कम्पनीले चासो देखाएका छन् ।

कोरियन एयर, बिज एयर, हिमालय र सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम लगायतले विमानस्थलमा आफ्नो सेवा सुरु गर्न चासो देखाएको क्यानका अधिकारीहरुले बताएका छन् ।

IFR प्रणाली पूर्ण मेकानिकल अपरेटिङ सिस्टम हो र भिजुअल फ्लाइट रुल्सको तुलनामा यो बढी समय लागे पनि अपेक्षाकृत सुरक्षित र सहज भएको क्यानले जनाएको छ।

सन् २०२३ जनवरी १ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थल अहिले बुद्ध, यति, श्री, सौर्य, गुण र अन्य आन्तरिक वायुसेवा कम्पनीहरूले मात्रै आन्तरिक उडान भर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित