राजनीतिक दल र राजसंस्था सहकार्य गरौं : पूर्वराजा ज्ञानेन्द्र

राजनीतिक दल र राजसंस्था सहकार्य गरौं  : पूर्वराजा ज्ञानेन्द्र : Icon Khabar

काठमाडौं, फागुन ७। पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि एक बक्तब्य मार्फत प्रस्ताब गरेका छन् । प्रजातन्त्र दिवसको सन्दर्भमा प्रजातन्त्रका उत्प्रेरक श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको संस्मरण गर्दै एक बक्तब्य मार्फत शुभकामना ब्यक्त गर्दै उक्त कुरा उल्लेख गरेका थिए ।

उनले नेपाल एकिकरणको झण्डै २४० वर्षपछि शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएको र विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधीमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भएपनि अहिले कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको बक्तब्यमा ब्यक्त गरेका छन् । उनले युवाहरु आफ्ना सम्भावना र अवसरबाट वन्चित हुने अवस्था आम नैराश्यमा बदलिने जोखिम बढ्दो रहेको बक्तब्यमा उल्लेख गर्दै हालै सम्पन्न आमनिर्वाचनमा युवाहरुको सहभागीता र केही आशालाग्दा नतिजाहरुबाट मुलुकको आगामी दिशाबारे आंकलन गर्न सकिने बक्तब्यमा उल्लेख गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्रले देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको र अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु नहुने भनि बक्तब्यमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2023
Website | + posts




ताजा
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित