राजनीतिक दल र राजसंस्था सहकार्य गरौं : पूर्वराजा ज्ञानेन्द्र

राजनीतिक दल र राजसंस्था सहकार्य गरौं  : पूर्वराजा ज्ञानेन्द्र : Icon Khabar

काठमाडौं, फागुन ७। पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि एक बक्तब्य मार्फत प्रस्ताब गरेका छन् । प्रजातन्त्र दिवसको सन्दर्भमा प्रजातन्त्रका उत्प्रेरक श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको संस्मरण गर्दै एक बक्तब्य मार्फत शुभकामना ब्यक्त गर्दै उक्त कुरा उल्लेख गरेका थिए ।

उनले नेपाल एकिकरणको झण्डै २४० वर्षपछि शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएको र विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधीमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भएपनि अहिले कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको बक्तब्यमा ब्यक्त गरेका छन् । उनले युवाहरु आफ्ना सम्भावना र अवसरबाट वन्चित हुने अवस्था आम नैराश्यमा बदलिने जोखिम बढ्दो रहेको बक्तब्यमा उल्लेख गर्दै हालै सम्पन्न आमनिर्वाचनमा युवाहरुको सहभागीता र केही आशालाग्दा नतिजाहरुबाट मुलुकको आगामी दिशाबारे आंकलन गर्न सकिने बक्तब्यमा उल्लेख गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्रले देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको र अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु नहुने भनि बक्तब्यमा उल्लेख गरेका छन् ।

Published Date: 19 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा