सहकारी अभियानमा देशभरीका संघहरुको भुमिका आवश्यक

सहकारी अभियानमा देशभरीका संघहरुको भुमिका आवश्यक : Icon Khabar

भक्तपुर, असोज २८ । देशभरीका जिल्ला बचत तथा ऋण सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)ले सहकारी ऐन २०७४ बमोजिम गर्दै आएको बचत तथा ऋणको कारोबार गर्न पाउनुपर्ने माग सहित मकवानपुर, हेटौडामा भएको संघहरुको संयुक्त बैठकले तयार गरेको संयुक्त विज्ञप्ती राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा.खगराज शर्मालाई प्राधिकरणकै कार्यालयमा बुझाइएकोे छ ।

उक्त विज्ञप्ती बुझ्ने क्रममा अध्यक्ष खड्गराज अधिकारीले सहकारी अभियानमा संघहरुको भुमिका आवश्यक रहेको बताए । संघको सहयोग विना राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मात्र सहकारी संस्थालाई नियमन गर्न प्रयाप्त नहुने बताए।

बचत तथा ऋण सहकारी संस्था संख्यामा धेरै भएको र दर्ता मापदण्डका सूचांक पनि प्रारम्भिक संस्थाका आधारमा तयार गरेका कारण पहिलो चरणमा प्रारम्भिक संस्थालाई दर्ता अभिलेखिकरण गर्ने र दोस्रो चरणमा संघ नियमनका मापदण्ड बनाई दर्ता अभिलेखिकरण गर्ने बताए।

साथै सहकारी ऐनले संघलाई दिएको अधिकार र अभियान कुण्ठित हुने कार्य प्राधिकरणले गर्न खोजेको होइन भन्दै संघलाई सिमित कारोबार गर्न सक्ने गरी मापदण्ड जारी हुनेबारे छलफल भइरहेको कुरा बताए।

विज्ञप्ती बुझाउदै बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष जिबस राज खड्काले ऐनमा भएका व्यवस्थालाई कुण्ठित हुने गरी संघमा रहेको रकमलाई तरलतामा गणना नगर्ने जारी भएको निर्देशन प्रति विरोध गरे।

बागमती प्रोस्कूनका महासचिव गोविन्द काफ्ले सहकारी संघहरुलाई पनि दर्ता अभिलेखिकरणमा समावेश गर्नुपर्ने विचार राखे।।

काठमाण्डौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक पनेरुले सहकारी अभियानलाई कमजोर बनाउने गरी जारी भएको निर्देशन संशोधनको माग गरे। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीका वेथितीको रोकथाम र गलत गर्नेलाई कार्वाहीको लागि सहकारी अभियानले राष्ट्रिय नियमन प्राधिकरणको आवयकता महसुस गरेको भन्दै संघले सहकारी ऐन अनुसार कारोबार गर्न पाउनुपर्ने विचार राखे । काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायष्ठले निर्देशनमा संघलाई कमजोर बनाउने बुँदाहरुको संशोधनको माग गर्दै थप विरोध गर्न नपर्ने गरी संशोधनको माग गरे।

बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव दाहालले जारी नियमकीय मापदण्ड धेरै कुरा सकारात्मक रहेकोमा सोको विरोध नभई संघले कारोबार गर्न पाउने ऐनले सुनिश्चितता गर्दा गदै पनि सो अधिकारबाट बञ्चीत हुने गरी संघमा रहेको प्रारम्भिक संस्थाहरुको रकमलाई तरलतामा गणना नगर्नु प्रति विरोध रहेको स्पष्ट पारे । सो कार्यक्रममा बागमति प्रोस्कून, काठमाण्डौं ललितपुर, भक्तपुर, काभ्रे, दोलखा लगायतका बचत तथा ऋण सहकारी संघका पदाधिकारी, संचालक र प्रमुख कार्यकारी अधिकृत÷व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 October 2025
Website | + posts




ताजा
सहकारी अभियानमा देशभरीका संघहरुको भुमिका आवश्यक
विदेशी विनिमय सञ्चितिले साढे १९ महिनाको आयात धान्ने
सभामुखले दलका सचेतकहरूलाई बैठक बोलाए : संसद विघटनबारे छलफल हुने
महराको बयान सकियो, भोलि थुनछेक बहस


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित