विदेशी विनिमय सञ्चितिले साढे १९ महिनाको आयात धान्ने

विदेशी विनिमय सञ्चितिले साढे १९ महिनाको आयात धान्ने : Icon Khabar

काठमाडौँ, असोज २८ । चालु आर्थिक वर्ष दोस्रो महिना भदौमा कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशत बढेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको विदेशी विनिमय सञ्चिति वृद्धि भई भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको हो ।

चालु आव भदौसम्मको विदेशी विनियम सञ्चिति अमेरिकी डलरमा ४.७ प्रतिशत वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । २०८२ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १९ अर्ब ५० करोड थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशत वृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको छ ।

Published Date: 14 October 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै