देशभर दुई दिन सार्वजनिक विदा

देशभर दुई दिन सार्वजनिक विदा : Icon Khabar

काठमाडौं, असोज १८ । प्रधानमन्त्री सुशीला कार्कीले सम्भाब्य विपदको जोखिमको आँकलन गर्दै सरकारले देशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको बताएकी छन्।

शनिबार नेपाल टेलिभिजनमार्फत दिएको भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले सम्भाब्य विपदको जोखिमको आँकलन गर्दै सरकारले भोलि १९ र पर्सी २० गते देशभर सार्वनिक विदा दिने निर्णय गरेको जानकारी दिएकी हुन्।

उनले सरकारले नागरिकको कठिनाइ बुझ्ने बताउँदै एक्लो महसुस नगरी जोखिमलाई मिलेर पार गर्नुपर्ने पनि उल्लेख गरिन्। ‘राज्यका सम्पूर्ण स्रोतहरू आज तपाईहरूसँग छन्। हामी यो जोखिमलाई मिलेर पार गर्नेछौं।’ प्रधानमन्त्रीले भनेकी छन्।

उनले प्रहरी र अन्य विपद् व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरूलाई ध्यान दिँदै जहाँ जुन अवस्थामा भएपनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्न आग्रह गरेकी छन्।

प्रधानमन्त्री कार्कीले अत्यावश्यक नभएसम्म यात्रा नगर्न पनि अनुरोध गरेकी छन्। महत्त्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको उनले सन्देशमार्फत जानकारी गराएकी छिन्। ‘तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्,’ प्रधानमन्त्रीको आग्रह छ ।

Published Date: 04 October 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली