दोस्रो भक्तपुर कप–२०७९ शनिबार पनि जारी

दोस्रो भक्तपुर कप–२०७९ शनिबार पनि जारी : Icon Khabar

भक्तपुर, फागुन ६ । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिता शनिबार पनि जारी रहयो। दोस्रो दिनको पहिलो खेल सिद्धि गणेश खेलकुद समिति र हेल्डी फुटसलबीच सम्पन्न भयो ।

खेलमा हेल्डी फुटसलले सिद्धि गणेश खेलकुद समितिलाई ०–२ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । उक्त खेलबाट हेल्डी फुटसलबाट प्रणय बासुकला उदयीमान खेलाडि घोषणा भए भने सोही टीमका लोक तामाङ खेलको उत्कृष्ट खेलाडि घोषणा भएका छन् ।

त्यस्तै दोस्रो खेल सूर्यविनायक नगरपालिका र सोल्टी नेपालबीच सम्पन्न भयो । खेलमा सूर्यविनायक नगरपालिकाले सोल्टी नेपाललाई १–३ ले पराजित गरी दोस्रो चरण प्रवेश गर्न सफल भएका छन् । खेलबाट सोल्टी नेपालका अनिल नगरकोटी उदयीमान खेलाडि घोषणा भएका छन् भने सूर्यविनायक नगरपालिकाका प्रज्वल कार्की उत्कृष्ट खेलाडि घोषणा भएका छन् ।

शनिबार नै सम्पन्न केदारनाथ सुटर्स र पीएफसी पाण्डुबजारबीचको तेस्रो खेलमा केदारनाथ सुटरले पीएफसीलाई १–३ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । खेलबाट केदारनाथ सुटर्सका सतिश सुवाल उत्कृष्ट खेलाडि घोषणा भएको छ भने पीएफसीका पुजन खड्का उत्कृष्ट खेलाडि घोषणा भएका छन् ।

प्रतियोगिताको तेस्रो दिन आइतबार द हिलिङ्ग होम एफसी र सृजनानगर एफसीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल सीओबी र एपीएफ बलम्बुबीच हुनेछ । प्रतियोगिताको फाइनल फागुन १३ गते शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 February 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित