दोस्रो भक्तपुर कप–२०७९ शनिबार पनि जारी

दोस्रो भक्तपुर कप–२०७९ शनिबार पनि जारी : Icon Khabar

भक्तपुर, फागुन ६ । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिता शनिबार पनि जारी रहयो। दोस्रो दिनको पहिलो खेल सिद्धि गणेश खेलकुद समिति र हेल्डी फुटसलबीच सम्पन्न भयो ।

खेलमा हेल्डी फुटसलले सिद्धि गणेश खेलकुद समितिलाई ०–२ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । उक्त खेलबाट हेल्डी फुटसलबाट प्रणय बासुकला उदयीमान खेलाडि घोषणा भए भने सोही टीमका लोक तामाङ खेलको उत्कृष्ट खेलाडि घोषणा भएका छन् ।

त्यस्तै दोस्रो खेल सूर्यविनायक नगरपालिका र सोल्टी नेपालबीच सम्पन्न भयो । खेलमा सूर्यविनायक नगरपालिकाले सोल्टी नेपाललाई १–३ ले पराजित गरी दोस्रो चरण प्रवेश गर्न सफल भएका छन् । खेलबाट सोल्टी नेपालका अनिल नगरकोटी उदयीमान खेलाडि घोषणा भएका छन् भने सूर्यविनायक नगरपालिकाका प्रज्वल कार्की उत्कृष्ट खेलाडि घोषणा भएका छन् ।

शनिबार नै सम्पन्न केदारनाथ सुटर्स र पीएफसी पाण्डुबजारबीचको तेस्रो खेलमा केदारनाथ सुटरले पीएफसीलाई १–३ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । खेलबाट केदारनाथ सुटर्सका सतिश सुवाल उत्कृष्ट खेलाडि घोषणा भएको छ भने पीएफसीका पुजन खड्का उत्कृष्ट खेलाडि घोषणा भएका छन् ।

प्रतियोगिताको तेस्रो दिन आइतबार द हिलिङ्ग होम एफसी र सृजनानगर एफसीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल सीओबी र एपीएफ बलम्बुबीच हुनेछ । प्रतियोगिताको फाइनल फागुन १३ गते शनिबार हुनेछ ।

Published Date: 18 February 2023






ताजा
धरौटीले होइन, नियमनले बचाउँछ विद्यार्थी: शैक्षिक परामर्श व्यवसायीहरूको चेतावनी
शुक्रबार सुनको मूल्यमा गिरावट
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न