भक्तपुर, फागुन ६ । भक्तपुर नगरपालिकाद्वारा गत साल जिर्णाेद्वार गरिएको १ वडा , सल्लाघारी स्थित न्हु : पुखु ( रानी पाेखरी ) मा आज शिवरात्रीकाे दिन दिपावली शुभारम्भ ।
हरेक वर्ष यसै दिन साे पाेखरीमा ईन्द्रिय युवा समुह भक्तपुरले दिपावली गर्दै आएको छ । नेपाल भाषामा यस पोखरीलाई न्हू पुखु: भनिन्छ। भक्तपुरको रानीपोखरी नेसं ७५० (विसं १६८७) मा तत्कालीन भक्तपुरका राजा जगज्योतिर्मल्लले बनाउन लगाएका हुन् ।
पछिल्लो समयमा भक्तपुरको रानीपोखरीको पुनर्निर्माण गरेर सर्वसाधारणको लागि खुल्ला गरेपछि हरेक दिन यस एतिहासिक पोखरीको अवलोकन गर्न धेरै मानिसहरुको उपस्थिति देख्न सकिन्छ।

रानीपोखरीको संरक्षण अनि पुनर्निर्माणले हराउन लागेको इतिहास फेरी जीवित तुल्याएक अनि वर्तमान पुस्ताले यस बारेमा थप जानकारी राख्ने मौका पनि पाएको छ ।
Published Date: 18 February 2023