बिहीबार नेप्से परिसूचक २.३५ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक २.३५ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असोज ९ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ अंकमा झरेको छ ।

आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २६ करोडमा सीमित भयो ।
आजको कारोबारमा १०७ कम्पनीको मूल्य बढ्दा १३९ को घटेको छ भने ५ को स्थिर छ ।

आजको कारोबारमा हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । कालिका पावरको ६.७२, गुराँस लघुवित्तको ६.२९ प्रतिशत मूल्य बढेको छ भने सिटी होटलको मूल्य सबैभन्दा धेरै ७.५५ प्रतिशत घटेको छ ।

आज बैंकिङ ०.१२, लगानी ०.२१ र व्यापार समूह १.३६ प्रतिशत बढेका छन् । त्यस्तै विकास बैंक ०.४४, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर ०.०४, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.३९ तथा अन्य ०.४९ प्रतिशत घटेका छन् ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स रहेका छन् ।

Published Date: 25 September 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग