काठमाडौं, असोज ९ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ अंकमा झरेको छ ।
आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २६ करोडमा सीमित भयो ।
आजको कारोबारमा १०७ कम्पनीको मूल्य बढ्दा १३९ को घटेको छ भने ५ को स्थिर छ ।
आजको कारोबारमा हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । कालिका पावरको ६.७२, गुराँस लघुवित्तको ६.२९ प्रतिशत मूल्य बढेको छ भने सिटी होटलको मूल्य सबैभन्दा धेरै ७.५५ प्रतिशत घटेको छ ।
आज बैंकिङ ०.१२, लगानी ०.२१ र व्यापार समूह १.३६ प्रतिशत बढेका छन् । त्यस्तै विकास बैंक ०.४४, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर ०.०४, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.३९ तथा अन्य ०.४९ प्रतिशत घटेका छन् ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स रहेका छन् ।
Published Date: 25 September 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1