काठमाडौं, असोज ७ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिन आइतबारको तुलनामा २.२३ प्रतिशतको वृद्धि हो ।
आज ५ अर्ब २९ करोड २७ लाख बराबरको कारोबार भएको छ । यसअघि आइतबार ९ अर्ब १७ करोडको कारोबार भएको थियो ।
आजको कारोबारमा २३८ कम्पनीको मूल्य बढेको छ भने १४ वटाको घटेको छ। आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत बढेको छ । ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
आज बैंकिङ १.३८ प्रतिशत, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१ तथा व्यापार १.८३ प्रतिशतले बढेका छन् ।
Published Date: 23 September 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news