नेप्से परिसूचक ५८.६३ अंकले बढ्यो

नेप्से परिसूचक ५८.६३ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असोज ७ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिन आइतबारको तुलनामा २.२३ प्रतिशतको वृद्धि हो ।

आज ५ अर्ब २९ करोड २७ लाख बराबरको कारोबार भएको छ । यसअघि आइतबार ९ अर्ब १७ करोडको कारोबार भएको थियो ।

आजको कारोबारमा २३८ कम्पनीको मूल्य बढेको छ भने १४ वटाको घटेको छ। आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत बढेको छ । ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

आज बैंकिङ १.३८ प्रतिशत, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१ तथा व्यापार १.८३ प्रतिशतले बढेका छन् ।

Published Date: 23 September 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु